काठमाडौँ, २५ असार । नेकपा (माओवादी केन्द्र)ले विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीमा देखिएको विवाद समाधान गर्न सुझाव समिति गठन गरेको छ ।
आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पूर्व विद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेको तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिको सुझावका आधारमा स्थायी कमिटीले निर्णय गर्ने कृष्णबहादुर महराले जानकारी दिए ।







