Logo

अख्तियारद्वारा नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापा



काठमाडौं, १६ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापा मारेको छ ।

आज आयोगले सिनामंगलस्थित नयाँ भवनमा रहेको कार्यालयमा छापा मारेको हो । उक्त भवन निर्माणमा भ्रष्टाचार भएको उजुरीपछि अख्तियारले छापा मारेको हो ।

अख्तियारले कार्यालयबाट कागजपत्रहरू नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्