Logo

अङ्ग्रेजी नयाँ वर्षकाे पहिलाे दिन सुनको भाउ एक हजार चार सय रुपैयाँले बढ्यो



काठमाण्डौ, १७ पुस ।  आज अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन सुनको भाउ एक हजार चार सय रुपैयाँले बढेको छ ।

आज सुनकाे भाउ एक हजार चार सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार ६ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ आज पनि हिजोजस्तै तोलाको एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्