Logo

अछामबाट एकीकृत समाजवादीले खाता खोल्यो, शेरबहादुर कुँवर निर्वाचित



काठमाडौँ, ७ मंसिर । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फ अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर कुँवरले पहिलो जित निकालेका छन् ।

कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका हुन् । बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरे । स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्