अछाम, १७ मंसिर । अछाममा बँदेलको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मेल्लेख गाउँपालिका-६ शोषशाका ४० वर्षीय केशर बोहराको मृत्यु भएको हो ।
उनलाई शनिबार बिहान घर नजिकै बँदेलले आक्रमण गरेको मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप खड्काले बताए । बँदेलकको आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।






