Logo

अञ्जन पेनाल्टीमा चुक्दा म्यानमारसँग बराबरीमा रोकियो नेपाल



म्यानमार, २२ भदौ । नेपाल र म्यानमारबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा सकिएको छ ।

शुक्रवार म्यानमारको थुवुन्ना रङ्गशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

नेपालले खेलको ५८ औँ मिनेटमा पेनाल्टी पाएको थियो तर अञ्जन विष्टले गोल गर्न सकेनन् । पेनाल्टी बक्सभित्र म्यानमारका डिफेन्डरले बल रोक्ने क्रममा ‘ह्यान्ड’ बल भएपछि नेपालले पेनाल्टी पाएको थियो । खेलमा दुवै टोलीले केही मौका बनाए पनि गोल गर्न भने सकेनन् ।

नेपाल र म्यानमारबीचको अर्को मैत्रीपूर्ण फुटबल सेप्टेम्बर ११ तारिखमा यही रङ्गशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्