सल्यान, १४ भदौ । सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका कालीमाटी गाउँपालिका-१ लक्ष्मीपुरकी ३० वर्षीया धनी पुन र ७० वर्षीया कमला पुनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
रा १ ह २२१९ नम्बरको अटोरिक्सा शारदा नगरपालिका-१० नयाँ गाउँ नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते भएका सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।






