Logo

अटोसहित अवैध सामान नियन्त्रणमा



मेचीनगर, २९ कात्तिक । भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको सामानसहितको एक अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार दिउँसो मेचि भन्सार कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीसहित संयुक्त टोलीले मेचीनगर नगरपालिका वडा नं.६ भट्टराई चोक स्थित भारतबाट नेपालतर्फ आई रोकी राखेको प्र.१-०१-००१ह८३५५ नम्बरको अटोलाई शंका लागेर चेकजाँच गर्दा अवैध रुपमा भन्सार छली ल्याएको अन्दाजी मूल्य ५८ हजार २सय बराबरको जाडोमा लगाउने टोपी २८२ थान, बच्चाको ट्राउजर ३०० थान फेला परेको थियो ।

ती सामान र २ लाख ५० हजार मूल्यको अटोलाई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्