काठमाडौँ, २९ चैत । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बुधबार बिहान ९ बजे केन्द्रीय समितिको बैठक बस्न लागेको छ ।
केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मंगलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।
समितिसँगको बयानमा सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको बताएका छन् । उनले दुर्गा प्रसाईलाई नचिनेको र फोन संवादसमेत नगरेकोसमेत दाबी छन् ।







