मेचीनगर, ९ फागुन । अणुव्रत आन्दोलनको ७५ वर्ष पुगेको अवसरमा झापाको मेचीनगरमा प्रभातफेरीसहित कार्यक्रम सम्पन्न भएको छ ।
जैन समाज धुलाबारीको आयोजनामा भएको प्रभातफेरी इन्द्रचन्द बोथराको घरबाट सुरु भएर धुलाबारी बजार क्षेत्र हुँदै अतिथी सदनमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
जैन समाज धुलाबारीका अध्यक्ष सुनिल गदैया जैनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी रहेका थिए ।
सो अवसरमा मेचीनगर नगरपालिका वडा नं.१० का वडाध्यक्ष नारायण खनाल, जैन महिला मण्डलकी अध्यक्ष निर्मलदेवी बोथरा, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, सत्यनारायण मन्दिरका अध्यक्ष पुनित वंशल, तेरापंथ युवक परिषद्का अध्यक्ष प्रदिप बैगानी जैनलगायतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा महिला मञ्चदारा मंगलचरण प्रस्तुत गरिएको थियो भने बालबालिकाहरुले नाटकसमेत प्रस्तुत गरेका थिए ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख बुढाथोकी, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, सत्यनारायण मन्दिरका अध्यक्ष पुनित वंशललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
आचार्य महाश्रवणका चेलीहरु समणी निर्वण प्रज्ञाजी र मध्यस्त प्रज्ञाजीले अणुव्रतका बारेमा सहजीकरण गरेको कार्यक्रमको सञ्चालन सुस्मा कार्की जैनले गरेकी थिइन् ।






