बुटवल, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई श्रीमती र कानून व्यवसायीको जिम्मामा छोड्न जिल्ला अदालत रूपन्देहीले आदेश दिएको छ ।
आज सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेको बयान सकिएपछि न्यायाधीस प्रल्हादकुमार योगीको इजलासले उनलाई भोलि उपस्थित हुने सर्तमा पत्नी निकिता र कानून व्यवसायीको जिम्मा लगाउन आदेश दिएको हो ।
भोलिबाट उनको थुनछेक बहस सुरू हुनेछ ।