सुर्खेत, २९ साउन । मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशीतालाई कार्यान्वयन गर्न उच्च अदालत सुर्खेतले दिएको आदेशलाई अवज्ञा गर्दै कर्णाली प्रदेश सरकारले मन्त्रीलाई शपथ ग्रहण गराएको छ ।
मन्त्रिपरिषद् समावेशी नभएको, महिला सहभागिता शून्य भएको भन्दै सबैतिरबाट आलोचना भइरहेका बेलामा नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीर बहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
आज प्रदेश प्रमुख तिलक परियारले मन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
बिहीवार नेकपा माओवादी केन्द्रबाट डोल्पामा शाही मन्त्रीमा नियक्त भएका थिए । मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशीतालाई ख्याल नगरिएको भन्दै उच्च अदालत सुर्खेतले पत्र लेखेपछि उनको शपथ रोकिएको थियो ।







