Logo

अधिकांश केन्द्रीय सदस्य निर्वाचन तालमेलका पक्षमा



काठमाडौँ, १४ चैत । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्य आगामी स्थानीय तह निर्वाचनमा हाल सत्ता गठबन्धनमा कायम रहेका दलसँग निर्वाचन तालमेलका पक्षमा धारणा व्यक्त गरेका छन् ।

शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांशले स्थानीय आवश्यकता र पार्टीको उपस्थितिका आधारमा निर्वाचन तालमेल गर्दा नै उपयुक्त हुने राय व्यक्त गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

उक्त बैठकमा कांग्रेसले स्थानीय तहको निर्वाचनका सन्दर्भमा हाल सञ्चालन गरिरहेको एकमहिने ‘घर-घर जाऔँ कांग्रेस जिताऔँ’ अभियानको समीक्षाका साथै आगामी निर्वाचनमा पार्टीलाई कसरी बढीभन्दा बढी सिटमा विजयी तुल्याउने भन्नेलगायत समसामयिक विषयमा सदस्यहरूले धारणा प्रस्तुत गरेका थिए ।

प्रवक्ता डा.महतले मङ्गलबार दिउँसो पुनः बस्ने केन्द्रीय कार्य समिति बैठकले सदस्यका धारणाका आधारमा आवश्यक निर्णय गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्