काठमाडौं, ११ जेठ । नेपाल राष्ट्र बैंक ले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहेको छ भने युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको राष्ट्र बैंकले जनाएको छ।
अमेरिकी डलर स्थिर
आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ। हिजो र अस्ती पनि डलरको विनिमयदर यही थियो।
यसअघि जेठ ७ गते अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यतिबेला खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो।
बढेका प्रमुख मुद्रा
- युरो १
- खरिददर: १७७ रुपैयाँ ३१ पैसा
- बिक्रीदर: १७८ रुपैयाँ
- पाउन्ड स्ट्रलिङ १
- खरिददर: २०५ रुपैयाँ २३ पैसा
- बिक्रीदर: २०६ रुपैयाँ ०४ पैसा
- अस्ट्रेलियन डलर १
- खरिददर: १०८ रुपैयाँ ९१ पैसा
- बिक्रीदर: १०९ रुपैयाँ ३४ पैसा
- बहराइन दिनार १
- खरिददर: ४०५ रुपैयाँ ३३ पैसा
- बिक्रीदर: ४०६ रुपैयाँ ९२ पैसा
कुवेती दिनार स्थिर
कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ५०० रुपैयाँ ०३ पैसा कायम गरिएको छ। यो दर हिजोकै बराबर हो।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ। साथै वाणिज्य बैंकले निर्धारण गर्ने दर फरक हुन सक्ने र अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहने उल्लेख गरेको छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर









