काठमाडौं, १९ जेठ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलर, कुवेती दिनारलगायत अधिकांश विदेशी मुद्राको मूल्यमा सामान्य गिरावट आएको छ।
आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २९ पैसा कायम गरिएको छ। सोमबार डलरको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा रहेको थियो।
युरो एकको खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३६ पैसा तोकिएको छ। सोमबारको तुलनामा युरोको मूल्य केही घटेको हो।
अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३० पैसा कायम गरिएको छ। कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ।
बहराइन दिनारको विनिमयदर भने अघिल्ला दिनहरूसरह स्थिर रहेको छ। आज बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ९८ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारीका लागि सम्बन्धित बैंक वा राष्ट्र बैंकको वेबसाइट हेर्न आग्रह गरिएको छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर









