काठमाडौं, ९ जेठ । नेपाल राष्ट्र बैंक ले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ ।
अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम भएको छ । हिजो यसको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा थियो ।
जेठ ७ गते अमेरिकी डलर हालसम्मकै उच्च मूल्यमा पुगेको थियो । त्यसदिन खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो । लगातार नयाँ रेकर्ड बनाउँदै आएको अमेरिकी डलरको मूल्य शुक्रबार र शनिबार भने घटेको हो ।
आज युरो १ को खरिददर १७७ रुपैयाँ १७ पैसा तथा बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा कायम भएको छ । पाउन्ड स्टर्लिङ १ को खरिददर २०५ रुपैयाँ ०६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ८७ पैसा रहेको छ ।
त्यस्तै, अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा कायम भएको छ ।
कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ५०० रुपैयाँ ०३ पैसा रहेको छ भने बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ २८ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकले विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ । साथै वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने फरक हुन सक्ने उल्लेख गरेको छ ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर









