Logo

अध्यक्ष ओलीको गृहनगर दमक-१ मा एमालेको प्यानलै विजयी



दमक, १ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक-१ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।

१२८८ मत प्राप्त गर्दै हरिप्रसाद न्यौपानेले जित हासिल गरेका छन् भने गठबन्धनबाट उम्मेद्वारी दिएकी तारा अधिकारीले १२६३ मात प्राप्त गरेकी छन् ।

त्यस्तै सदस्यद्वयमा रघुवीर वुढाथोकी र राजकर्ण राई निर्वचित भएका छन् । महिला सदस्यमा तारा खपदरी र दलित महिला सदस्यमा नवीना मोहरा निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस्