Logo

अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा



काठमाडौँ, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ ।

ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् ।

भेटमा मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति र सभामुखको चुनावलगायत विषयमा छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएको छ ।

सभामुखको चुनाव बुधवार हुँदैछ । चुनाव नजिकिएसँगै भेटवार्ता पनि बाक्लिएको छ । प्रतिनिधि सभाको सभामुख कसलाई बनाउने भन्नेबारे सत्ता गठबन्धनबीच सहमति भने बनिसकेको छैन । यस्तै, राष्ट्रपति पनि कसलाई बनाउने भन्ने सहमति भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्