काठमाडौँ, २९ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूले शिष्टाचार भेट गरेका छन् ।
उनीहरूबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।
लूले आजै कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् ।





