Logo

अध्यक्ष ओली बाहिरिएलगत्तै बालुवाटार पुगे कांग्रेस नेता



काठमाडौँ, १२ फागुन । नेपाली कांग्रेसका नेताहरु बालुवाटार पुगेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवासबाट बाहिरिएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु प्रवेश गरेका हुन् ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दुई घण्टा भन्दा बढी समय छलफल गरेर बाहिरिएका थिए ।

आसन्न राष्ट्रपति चुनावमा सहकार्यको विषय लिएर गएका ओली र प्रचण्डबीच भएको कुराकानीको विषय सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्