काठमाडौँ, १४ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको जिकिर गरेका छन् ।
बिहीवार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले देशको अवस्था देखेर नागरिक दिक्क भएको बताए । उनले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव देश विकासको निर्णायक चुनाव भएकाले नेकपा एमालेलाई जिताउनुको विकल्प नरहेको दाबी गरेका हुन् ।
उनले सरकार गठन गर्नेदखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री गठन गर्ने कुरा चुनावले तय गर्ने भएकाले देशको विकास गर्ने पार्टीलाई छानेर मतदान गर्न आह्वान गरेका छन् ।







