Logo

अध्यक्ष ओली भन्छन्: देशमा समृद्धि ल्याउन एमालेले चुनाव जित्नुपर्छ



पोखरा, २८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेले चुनाव जित्नुपर्ने जिकिर गरेका छन् ।

मङ्गलवार पोखरामा सुरु भएको नेपाल लोकतान्त्रिक तमु सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले भने, ‘देश र जनताका साथै विकासका र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्छ ।’

अध्यक्ष ओलीले लोकतन्त्रलाई सही गन्तव्यमा डोर्‍याउन र संविधान कार्यान्वयन गर्नका लागि पनि एमालेले आउँदो चुनावमा एमालेको दरिलो उपस्थिति हुनुपर्ने औँल्याएका थिए ।

उनले बहुदलीय परिपाटीमा हुने नियमित प्रक्रियाको चुनावजस्तो नभएर आउँदो चुनाव देशमा समृद्धि ल्याउन, संविधान कार्यान्वयन गर्न महत्त्वपूर्ण रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्