Logo

अध्यक्ष ओली र सिपीसीका विदेश विभाग प्रमुखबीच भेटवार्ता हुँदै



काठमाडौँ, २८ असार । चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु हुने कार्यक्रम छ ।

एमाले अध्यक्ष ओलीसँग बालकोटमा लञ्च मिटिङको तयारी भएको उनको सचिवालयले जनाएको छ । उनले आजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेट्ने कार्यक्रम छ।

लिउले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेट गरेका थिए । सोमबार माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए । बुधबार राष्ट्रपति भण्डारीसँग भेट गरेपछि लिउ स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्