Logo

अध्यक्ष डा.भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन



काठमाडौँ, ६ कात्तिक । समान विचार भएका पार्टी एकताका लागि पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको छ ।

काठमाडौँमा नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको आज सम्पन्न चौथो पूर्ण बैठकले बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा (माओवादी केन्द्र)लगायत विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता गर्दै लैजाने निर्णय गरेको हो ।

अध्यक्ष भट्टराईको संयोजकत्व गठित संयोजन समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गङ्गानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह सदस्य रहने सो पार्टीले जनाएको छ ।

सङ्गठन निर्माण तथा विस्तार अभियानको समयावधि दुई महिना थप गरी फागुन मसान्तसम्म पुर्‍याउने र सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने निर्णय पनि गरेको सो पार्टीले जनाएको छ ।

त्यसैगरी मङ्सिर-पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने, माघ-फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने र वैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्