Logo

अध्यक्ष नेपालद्वारा मतदान



काठमाडौँ, ४ मङ्सिर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

रौटहट क्षेत्र नं १ का उम्मेदवारसमेत रहेका उनले गौर नगरपालिका–२ स्थित रामजानकी आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले लम्जुङको सुन्दरबजार नगरपालिका–८ को भारती सदन मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्