Logo

अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघरमा धर्ना



काठमाडौँ, २८ मंसिर । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै थारु समुदायले माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

सरकारले गएको आइतवार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनसायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो । त्यही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै आज बुधवार माइतीघर मण्डलामा थारु समुदायले धर्ना गरेका हुन् ।

थारु कल्याणकारिणी सभा र थारुहट/थारुवान संयुक्त सङ्घर्ष समितिले आयोजना गरेको धर्नामा थारु समुदायसँग सम्बन्धित पार्टी, सङ्घ, सङ्गठनका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

उनीहरूले अध्यादेश अविलम्ब प्रमाणीकरण गरिनुपर्ने र रेशम चौधरीलगायत टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्