झापा, ६ भदौ । अनलाइन गेमिङमार्फत नेपालमा प्रतिबन्धित वान गुना एपलिकेशनद्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र खेलाउने दमकको एउटा कल्सल्टेन्सी सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा दमक-८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक स्थानीय २५ बर्षीय सतप्रकाश साह र दमक-७ का २७ बर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक कमल गाउँपालिका-२ का ३० बर्षीय अरुण कार्की तथा ब्रिटिस आर्मी टे«ङनिङसेन्टर दमकका सञ्चालक दमक-८ का ३३ बर्षीय राजु लिम्बु रहेका छन् ।
१ नं.प्रदेश प्रहरी कार्यालय बिराटनगरको आरआईटि समुह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई भदौ ३ गते दमकबाट पक्राउ गरी सोमवार पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरेको हो ।
पक्राउ परेको यो समुहले दमक नगरपालिका तथा आसपासका क्षेत्रमा अनधिकृत रुपमा अनलाइन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित वान गुना एपलिकेशनद्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट एनसेल सीम झिकेर सोही सीमबाट सट्टाबाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न आवाश्यक पर्ने ईसेवा खाता खोली लाखौंको कारोबार गर्ने तथा कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुको प्रयोगको लागि विभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र एसईईको प्राप्ताङ्क समेत परिवर्तन गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको दमक प्रहरीले जनाएको छ ।






