सुदूरपश्चिम, १ असोज । पाँच दिनदेखि कैलालीको धनगढीमा अनशनरत प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।
चिकित्सा शिक्षाको सुधारको माग गर्दै बिसौँ पटक अनशन बसेका डा.केसीको स्वास्थ्य अवस्थामा समस्या आएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी भर्ना गरिएको छ ।
अस्पतालका चिकित्सक डा.शेरबहादुर कमरले डा केसीमा श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, रिङगटा लाग्ने, मुटुको धड्कन बढ्ने, थकान महसुस हुने जस्ता समस्या देखिएको जानकारी दिए ।
डा.कमरले भने, “पाँच दिनदेखि केही पनि नखाई अनशन बस्नु भएकाले उनको रगतमा चिनीको मात्रा कम भएको, शरीरमा पोषणतत्व र पानीको अभाव भई रक्तचाप कम हुँदै गएकाले जुनसुकै समयमा पनि ज्यान जोखिममा पर्नसक्ने खतरा छ ।”