काठमाडौँ, १४ जेठ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्तापक्ष र विपक्षी दलको सहमतिमा संसद्बाट सांसदको अभिव्यक्ति हटाएकोमा असन्तुष्टि जनाएका छन् ।
कुनै सदस्यले कुनै शंकास्पद अनियमितता सम्बन्धी विषय उठाएको र उक्त विषयमा दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सहमति गरेकोमा उनले असन्तुष्टि पोखेका हुन् । संसद् सचिवालयले पनि सोही अनुरुप काम गरेको उनको भनाइ छ ।
नेता कोइरालाले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिँदैमा विगतका अनिमियतता कति दिन ढाक्न सकिएला?’
संसद्बाट अडियो हटाएको प्रसंगलाई उल्लेख गर्दै नेता कोइरालाले प्रश्न गरेका छन्, ‘हामी सांसदको गरिमालाई कता लैजाँदैछौं । के हाम्रो संसद्ले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो‘ ।







