Logo

अनुमतिबिना अतिरिक्त सो चलाउने फिल्म हललाई कारबाही सिफारिस



काठमाडौँ, ३ वैशाख । चलचित्र विकास बोर्डले अनुमतिबिना अतिरिक्त सो चलाउने तीन वटा फिल्म हललाई कारबाहीका लागि सिफारिस गरेको छ ।

बिनाअनुमति तोकिएको समयबाहेक अतिरिक्त सो चलाउन हल खोलेको जनाउँदै शुक्रबार बोर्डले तीन हललाई कारबाहीका लागि सिफारिस गरेको हो ।

बोर्डले बिग मुभिज, एफक्युज, बिएसआर मुभिजलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजस्व कार्यालयलाई सिफारिस गरेको हो । ‘बिनाअनुमति मध्यरातमा अतिरिक्त सो चलाउने बिग मुभिज, एफक्युज, बिएसआर मुभिजलाई कारबाहीका लागि सिफारिस गरिएको छ,’ चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले भने, ‘बोर्ड र प्रशासनबाट स्वीकृति नलिई ती फिल्म हलले मध्यरातमा अतिरिक्त दुई सो चलाएका थिए ।’

बिग मुभिज, एफक्युज, बिएसआर मुभिजले मध्यरातमा दक्षिण भारतीय फिल्म ‘केजिएफ च्याप्टर-२’ फिल्म चलाएका थिए । तीन वटा फिल्म हलले तोकिएभन्दा बढी शुल्क लिएर बिनाअनुमति राति १ बजे र ३ बजेको अतिरिक्त सो राखेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्