काठमाडौँ, ४ फागुन । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्वको लागि चुनाव हुँदैछ ।
सर्वसम्मत नेतृत्वको लागि प्रयास भए पनि सहमति नजुटेपछि चुनाव हुन लागेको हो । विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी छ ।
अध्यक्ष र महासचिवमा पाँच/पाँच जनाको उम्मेदवारी परेको छ । निर्वाचन कमिटीका अनुसार अध्यक्षमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला, वाङ्छु योन्जन र समिक बडाल तथा महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिएका छन् ।
चार जना उपाध्यक्षका लागि १६ जना र १० सचिव पदका लागि लागि ६१ जनाले उम्मेदवारी दिएका छन् । बिहान ८ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि ढिलाइ भएको छ ।