मेचीनगर, १ जेष्ठ । अनेरास्ववियु मेचीनगर कमिटीले दिप प्रज्ज्वलन गरेको छ ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको ५७ औं स्थापना दिवसको अवसरमा आइतबार इटाभट्टामा दिप प्रज्ज्वलन गरेको हो ।
नगर कमिटी अध्यक्ष बिरु मेचेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सविधानसभा सदस्य तथा झापा सह-इन्जार्ज रबिन कोइराला रहेका थिए ।
उक्त अवसरमा अनेरास्ववियु जिल्ला कार्यलय सचिव सन्तोष धमला, जिल्ला सदस्य बिनिता न्यौपाने लगायतको उपस्थिति रहेको अनेरास्ववियु त्रिदेव कमिटी उपाध्यक्ष उत्सव भट्टराईले जानकारी दिए ।
उपाध्यक्ष विशाल गिरीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सह-सचिव सचेत घिमिरेले गरेका थिए ।