सिन्धुली, ३० पुष । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ मा सञ्चालित एसबिआई बैंकको शाखामा लुटपाट गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट आज स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ। मंगलबार साँझ उनीहरूले बैंकका सुरक्षा गार्डलाई आक्रमण गरेर नगद लुटेर भागेका थिए । पक्राउ पर्नेहरूबारे प्रहरीले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







