Logo

अपराधमुक्त समाज निर्माण सरकारको प्राथमिकता: गृहमन्त्री



काठमाडौँ, २३ भदौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमुक्त समाज निर्माणको अभियानमा सरकार लागेको बताएका छन् ।

‘ज्यापु जातिको उत्थान, नेपाल राष्ट्रको निर्माण’ भन्ने मुल नारासहित आज काठमाडौँको टुँडिखेलमा आयोजित ज्यापु महागुठीको एकीकृत राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा गृहमन्त्री श्रेष्ठले भने, “समृद्धिका लागि सुशासन, सुशासनका लागि भ्रष्टाचार र अपराधमुक्त समाज, निर्माणको अभियानमा सरकार छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार गर्नेविरुद्धको कारबाही प्रक्रियाबाट सरकार पछि नहट्ने र दलाल पुँजीको सट्टा राष्ट्रिय पुँजीको प्रवद्र्धन गरिनेसमेत बताए । उनले नेपालको राजनीतिक परिवर्तनमा ज्यापु समुदायको अमूल्य योगदान रहेको बताएका हुन् ।

“सङ्घीयता र समावेशीसहित मुलुक यहाँ आइपुग्नुमा ज्यापु समुदायको ठूलो योगदान छ, ०४६ सालको आन्दोलन होस् कि ०६२/६३ को आन्दोलन, ज्यापु समुदायले आफूलाई अग्रणी र निर्णायक सावित गरेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्