Logo

अपराधी पाल्ने सबैलाई कारबाही गर्छु: गृहमन्त्री



काठमाडौँ, ३० पुस । गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको घटनामा संलग्नसहित अपराधीलाई आरक्षण दिनेलाई समेत कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

विगत १५ दिनेदेखि माइतीघरमा कुर्मीको न्यायका लागि आन्दोलनरत व्यक्तिहरूलाई भेट्न पुगेका लामिछानेले कुर्मीमाथि भएको घटनालाई आफूले गम्भीर रूपमा लिएको बताए ।

नेपाली जनताले आफूमाथि विश्वास गरेर जिताएर पठाएको हुनाले आफ्नो स्वादअनुसार काम नगर्ने बताउँदै लामिछानेले जनताको अपेक्षालाई मर्न नदिने बताएका छन् ।

‘तपाईंहरू घर जानुहोस् । हामीले कुर्मीमाथि भएको घटनालाई गहन रूपले हेरिरहेका छौँ। पीडितले न्याय पाउनुहुन्छ । अपराधीलाई कारबाही गरिन्छ’, उनले भने ।

बाँकेकी निर्मला कुर्मीको न्यायका लागि भन्दै महिला अधिकार मञ्च बाँकेले पुस १४ गतेदेखि माइतीघर मण्डलामा तेस्रो चरणको आन्दोलन जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्