Logo

अपाङ्ग दिवसमा ह्विलचियर सगै बिद्यालयलाई सामग्री हस्तान्तरण



झापा, १९ मंसिर । महेश्वरि महिला मंच मेचीले जुनकीरी सार्वजनिक आधारभूत बिद्यालयलाइ मेट्रेस तथा बेड कभर वितारण गरेको छ । साही अवसरमा राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा स्थानीय एक अपांगलाई १ थान ह्विलचियर समेत हस्तान्तरण गरिएको छ ।

बिद्यालयमा रहेको बालबिकास कक्षाकाछात्रा एवम् महिला शिक्षकहरुका लागी रेस्टरुममा रहेको दुई लोबेडमा मेट्रेस २ थान, बेड कभर २ थान, तकिया २ थान र स्थानीय शारीरिक अपाङ्गता भएका युवा ठाकुरसिंह गुरुङ्गलाई १ थान ह्विलचियर हस्तान्तरण सगै विद्यार्थीहरुलाइ खाजाको रूपमा खिर खुवाइएको थियो।

मंचकी अध्यक्ष रिता चित्तल्याङ्गियाको अध्यक्षता एवं बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष जगत बहादुर मगरको प्रमुख आतिथ्यतामा आयोजीत कार्यक्रमकाबीच सामग्री हस्तान्तरण गरीएको हो । बिद्यालयका प्रधानाध्यापक रन्जित परियारले शुभकामना व्यक्त गर्नु भएको कार्यक्रम मंचकी सचीव सुधा तोसनिवालले सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्