
काठमाडौँ, ३० वैशाख । राष्ट्रिय मानव अधिकार आयोगले पालिका चुनाव अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न हुन नसकेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
आयोगले पत्रकार सम्मेलन गरी अपेक्षा अनुसार दल, उम्मेदवार र कार्यकर्ताले संयमितता अपनाउन नसकेको जनाएको हो ।
आयोगले मानव अधिकारको दृष्टिकोणबाट ७ वटा उच्चस्तरीय अनुगमन टोली, आयोगका कर्मचारी सम्मिलित ४५ वटा टोलीले ७७ जिल्लामा अनुगमन गरेको आयोगका अध्यक्ष तपबहादुर मगरले जानकारी दिए ।
उनले झडप, मतपेटिका तोडफोड, मतदान अधिकृत कुटिने जस्ता घटना भएका पनि बताए । मानव अधिकार आयोगले मतदान स्थगन भएका क्षेत्रमा शान्ति सुरक्षाको मापन गरी तत्काल मतदान गराउन निर्वाचन आयोग र सरकारलाई आग्रह गरेको बताए ।







