Logo

अफगानिस्तानका भूकम्पपीडितलाई भारतको सहयोग



अफगानिस्तान, १० असार । गत बुधबारको भूकम्पबाट नराम्ररी प्रभावित भएको अफगानिस्तानका सर्वसाधारणलाई भारतले राहत सामग्रीको दोस्रो खेप हस्तान्तरण गरेको छ ।

यहाँस्थित राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय र अफगान रेड क्रिसेन्ट सोसाइटीलाई राहत सामग्री हस्तान्तरण गरिएको हो । त्रिपाल, झुल, कम्बल, ओढ्ने ओछ्याउनेलगायत सामग्री सहायता निकायलाई हस्तान्तरण गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

काबुलस्थित भारतीय राजदूतावासले स्थानीय सरोकारवालाहरूसँगको समन्वयमा बिहीबार मानवीय सहायता सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको थियो । भूकम्प प्रभावितलाई सहयोग गर्न नयाँदिल्लीले काबुलस्थित आफ्नो दूतावासबाट सहायता टोली परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्