Logo

अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली विस्फोट



अफगानिस्तान, २ भदौ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक मस्जिदमा शक्तिशाली विस्फोट भएको छ ।

विस्फाेटमा परेर तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । कयौँ घाइते भएका छन् ।

विस्फाेटमा परेर ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या बढ्न सक्ने काबुल प्रहरीले जनाएको छ । विस्फाेटमा परेर २० जनाको ज्यान गएको र ४० जनाभन्दा धेरै घाइते भएको भनिए पनि पुष्टि हुन भने सकेको छैन ।

बुधबार बेलुका नमाज पढ्ने समयमा मस्जिदमा विस्फाेट भएको बीबीसीले जनाएको छ । विस्फाेट कसले गरायो भन्नेबारे पुष्टि हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्