Logo

अफगानिस्तानको रुसी दूतावासबाहिर आत्मघाती बम विस्फोट



अफगानिस्तान, २१ भदौ । अफगानिस्तानको राजधानी काबुलको रुसी दूतावासबाहिर आत्मघाती बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।

आत्मघाती बम विस्फोट हुँदा दुई जना दूतावासका कर्मचारी र अर्का एक जना नागरिकको ज्यान गएको रुसी सरकारी समाचार संस्थाले जनाएको छ ।

आक्रमणकारी आफैँले विस्फाेट गराएको हो वा सुरक्षाकर्मीले गोली चलाउँदा विस्फोट भएको हो भन्नेबारे खुलेको छैन । रूसी नोभोस्ती समाचार संस्था, आरआईएका अनुसार एक रुसी कुटनीतिज्ञ भिसाका लागि दूतावासबाहिर पर्खिरहेका बेला मानिसहरूसामु निस्केपछि विस्फोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्