Logo

अफगानिस्तानमा आत्मघाती बम विस्फोट: २० जनाको मृत्यु, ४० जनाभन्दा धेरै घाइते



अफगानिस्तान, २८ पुस । अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । ४० जनाभन्दा धेरै घाइते भएका छन् ।

अफगानी सुरक्षा निकायले भने अहिलेसम्म पाँच जनाको मात्रै ज्यान गएको पुष्टि गरेको समाचार संस्था अल जजिराले जनाएको छ ।

तालिबान सरकारले हताहतको सङ्ख्यालाई कम रिपोर्ट गरेको आरोप छ । इस्लामिक स्टेटले आक्रमण आफूले गराएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्