Logo

अफगानिस्तानमा इन्धन बोकेको ट्याङ्कर विस्फोट: १९ जनाको मृत्यु, ३२ जना घाइते



अफगानिस्तान, ४ पुस । अफगानिस्तानको राजधानी काबुल नजिक इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

काबुलको उत्तरी भागमा रहेको एक सुरूङमा इन्धन बोकेको ट्याङ्कर विस्फोट भएको थियो । घटनामा ३२ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

विस्फोटमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ ।

इन्धन बोकेको ट्याङ्कर विस्फोट हुनुको कारण खुलेको छैन । विस्फोटसँगै लागेको आगो सुरक्षाकर्मी र दमकलको सहायताले निभाइएको छ ।

प्रतिक्रिया दिनुहोस्