Logo

अफगानिस्तानमा बम विस्फोट: १६ जनाको मृत्यु



 

अफगानिस्तान, ९ वैशाख । अफगानिस्तानका दुई वटा सहरमा भएको बम विस्फोटमा परि १६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

बाल्ख प्रान्तको मजार-इ-शरीफमा रहेको एक शिया मस्जिदमा विस्फोट हुँदा १२ जनाको ज्यान गएको छ । तालिबान सरकारका प्रवक्ता मोहम्मद आसिफ अन्सारीले विस्फोटमा परि घाइते भएका ३२ जनाको अवस्था गम्भीर रहेको बताएका रोयटर्सले जनाएको छ ।

त्यस्तै कुन्दुजमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको छ । त्यहाँ १८ जना घाइते भएका छन् । अफगानिस्तानमा तालिबान समूह सत्तामा फर्किएपछि बम आक्रमण तथा विस्फोटका घटना कमी भएका थिए ।

पछिल्लो बम आक्रमणको जिम्मा अफगानिस्तानको इस्लामिक स्टेट समूह (आईएसआईएस) ले लिएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्