अफगानिस्तान, १० वैशाख । अफगानिस्तानमा भएको बम विस्फोटमा बालबालिकासहित ३३ जनाको मृत्यु भएको छ ।
कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विस्फोटमा परेर ३३ जनाको ज्यान गएको र कयौँ घाइते भएका बीबीसीले जनाएको छ ।
यसै हप्ता अरु दुई वटा ठूला विस्फोट गराएको आईएसआईएस समूहले नै आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।