अफगानिस्तान, १७ वैशाख । अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ ।
काबुलको सुन्नी मस्जिदमा शुक्रबार बेलुका विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ ।
१५ जना घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
तालिबानले सत्ता कब्जा गरेपछि केही शान्त बनेको अफगानिस्तानमा पछिल्लो समय बम विस्फोटका घटना बढ्न थालेका छन् । गएको शुक्रवार पनि विभिन्न ठाउँमा बम आक्रमण भएको थियो ।