Logo

अफगानिस्तानमा बाढीका कारण २० जनाको मृत्यु



अफगानिस्तान, ५ भदौ । अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा भारी वर्षाका कारण बाढी आउँदा कम्तीमा २० जनाको मृत्यु भएको छ

त्यस्तै बाढीका कारण तीन हजारभन्दा बढी घरमा पूर्णतया क्षति भएको अधिकारीहरूले आइतबार बताएका छन् ।

शनिबार परेको वर्षाका कारण प्रान्तका विभिन्न स्थानमा ३० जनाभन्दा बढी घाइते हुनुका साथै करिब २० जनाको मृत्यु भएको प्रान्तीय गभर्नरको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ ।

बाढीका कारण दर्जनौं नहर र मुख्यतया बगैँचासमेत करिब पाँच हजार एकड खेतीयोग्य जमिनमा क्षति पुगेको छ । डुवान र बाढीका कारण करिब दुई हजार पशुचौपायाको समेत मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्