Logo

अफगानिस्तानमा बाढी: पाँच जनाको मृत्यु, १० जना घाइते



गानिस्तान, ९ साउन । देशको पूर्वी प्रान्त नान्गाहारमा आइतबार अबेर राति आएको बाढीमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएको प्रान्तीय गभर्नरको कार्यालयले जनाएको छ ।

विनाशकारी बाढीले प्रान्तीय राजधानी जलालाबाद र प्रान्तका केही जिल्लाहरूमा तीन सय २० घर र सयौं एकड खेतबारी पनि बगाएको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ ।

राजधानी काबुललाई पूर्वी प्रान्तसँग जोड्ने सडकमा रहेको एउटा प्रमुख पुल पनि बाढीले बगाएको विज्ञप्तिमा जनाएको छ । सडक अहिले बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्