Logo

अफगानिस्तानमा विस्फोट: तीन जना बालबालिकाको मृत्यु



अफगानिस्तान, १९ भदौ । अफगानिस्तानको हेलमान्ड प्रान्तमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् ।

प्रान्तीय प्रहरी प्रवक्ता अहमद जानले सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत गर्दै उक्त घटना हिवाद बजार क्षेत्रमा भएको बताएका छन् । रिपोर्टका अनुसार मारिने सबै विद्यार्थी थिए ।

शुक्रबार पश्चिमी हेरात प्रान्तमा भएको घातक विस्फोटमा प्रसिद्ध धर्मगुरु सहित २० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्