Logo

अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा



 

अफगानिस्तान, १८ चैत । संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएको छ ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको र ९० लाख मानिस भोकमरीको जोखिममा रहेका बताएको समाचार संस्था एएनआईले जनाएको छ ।

उनले संयुक्त राष्ट्र सङ्घ र यसका साझेदारहरूले आफगानिस्तानमा जीवन बचाउने सहायता प्रदानलाई निरन्तरता दिन दाताहरूलाई आह्वान गरेका छन् । अफगानिस्तानमा मानवीय अवस्था कमजोर रहेको भन्दै महासचिव गुटेर्रेसले तत्कालै थप सहयोग चाहिएको बताएका छन् ।

गएको वर्षको अगस्टमा अफगान सरकारको पतन र तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा मानव अधिकारको अवस्था नाजुक भएको छ । अफगानिस्तानमा द्वन्द्व समाप्त भए पनि मानव अधिकारको गम्भीर उल्लङ्घन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्