Logo

अफगानिस्तान भूकम्प अपडेट: कम्तीमा ९२० जनाको मृत्यु



अफगानिस्ता, ८ असार । अफगानिस्तानमा गएको भूकम्पमा परेर कम्तीमा ९२० जनाको मृत्यु भएको छ ।

भूकम्पमा परेर कैयौँ मानिस घाइते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भइरहेको छ । सामाजिक सञ्जालमा प्राप्त तस्बिहरूमा पहिरो गएको र भत्किएको घरहरू देख्न सकिन्छ ।

भूकम्पका कारण सबैभन्दा धेरै क्षति पाक्तिका प्रान्तमा भएको छ । यस प्रान्तमा घाइतेहरूलाई स्ट्रेचरमा लैजाँदै गरेको तस्बिरहरू सार्वजनिक भएको छ । दुर्गम ठाउँका घाइतेहरूलाई हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस्